प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

२०८० पुष १३ गते, शुक्रबार

सल्यान । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै सर्वसाधारणबाट रकम असुली गरेको आरोपमा  त्रिवेणी गाउँपालिकामा एकजना पक्राउ परेका छन्। 

जागिरको प्रलोभनमा पारी ६ जनाबाट ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा सल्यान कालिमाटी गाउँपाकिला २ कट्विरका २५ वर्षीय भोला पुन मगर पक्राउ परेका हुन्। उनलाई प्रहरीले सल्यान त्रिवेणी गाउँपालिका ६ लुहामबजारबाट नियन्त्रणमा लिएको हो। 

कालिमाटी २ टाट्केका सुशील कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई जवान र असईमा भर्ना गरी जागिर खुवाई दिने लोभमा परी प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। 

मगरले आफ्नो प्रहरीका उच्च पदस्थ अधिकारीसँग राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई दिइ सकेकाले शतप्रतिशत काम हुन्छ भनी पीडितलाई आफ्नो घरको काममा समेत लगाएको पाएको प्रहरीले बताएको छ। उनीहरूले पुस  ८ गते इलाका प्रहरी कार्यालय लुहाममा जाहेरी दिएका थिए। 
 

26 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal