पाल्पामा एक युवतीकाे विभत्स हत्या गरिएको अवस्थामा शव फेला

२०८० चैत्र १४ गते, बुधबार

पाल्पा । पाल्पाकाे रिब्दिकाेट गाउँपालिका वडा नं १ ख्याहामा एक युवतीकाे विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेकाे छ ।

स्थानीयका अनुसार मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी स्थानीय १९ वर्षीया पद्मा सुनारको धारिलो हतियारले शरीरका विभिन्न भागहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

हिजो दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

वडा अध्यक्ष पोखरेलका अनुसार पद्माको घाँटी र हातका औलाहरू काटिएका छन् । घटनास्थलको प्रकृती हेर्दा उनलाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको छ । अनुसन्धानको लागी भैरहवाबाट कुकुर झिकाएको उनले बताए ।

16 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal