आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स लगातार दोस्रो जित

२०८० चैत्र १४ गते, बुधबार

काठमाण्डौं ।आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो। चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १सय४३ रन मात्र बनाएको थियो। टस हारेर पहिला ब्याटिंग गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २सय६ रन बनाएको हो।

जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन आमने सामने हुनेछन्।

8 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal