दुवईमा अर्घाखाँचीकी घिमिरेको दु:खद निधन, घटना रहस्यमय

२०८० चैत्र २६ गते, सोमबार

अर्घाखाँची । दुवईमा अर्घाखाँचीकी एक चेली राधा घिमिरेको दुखद निधन भएको छ।

झन्डै एक बर्ष अघाडी रोजगारीको शिलशिलामा दुवई पुगेकी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी राधा घिमिरेको घरको छत बाट खसेर चैत्र २४ गते अर्थात अप्रिल ६ गते शनिवार दु:खद निधन हुन् पुगेको बुझीएको छ।

अन्दाजी २८/२९ बर्षिया मृतक राधा घिमिरेको घटना गम्भीर र रहस्यमय रहेको दुवई प्रहरी ले जनाएको छ। घटना को सुष्म रुपमा सत्य तथ्य अनुसन्धान भईरहेको बुझीएको छ।यद्वापी घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ।

10 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal