एसईई सकिए सङ्गै एन्जल्समा कम्प्युटर सिक्नेहरुको घुइँचो

२०८० चैत्र २६ गते, सोमबार


कपिलवस्तु ।कपिलवस्तु जिल्लामा कै उत्कृष्ट मानिने बिगत ७ बर्ष देखि तपाईंहरुकै सेवामा समर्पित कपिलवस्तु वाणगङ्गामा रहेको एन्जल्स कम्प्युटर ईन्स्टिच्युटमा एसईई सकिए संगै कम्प्युटर कक्षा लिनेहरुको संख्या बढदै गएको छ ।


बिगतका वर्षहरुबाट नै आफ्नो सस्थांलाइ जिल्लाकै उत्कृष्ट कम्प्युटर ईन्स्टिच्युट बनाउन सफल भएको यो ईन्स्टिच्युट अहिले पनि सोचेभन्दा बढी नै बिद्यार्थी ल्याउन सफल भएको छ ।


केहि महिना अघि एउटै ठाउमा बिद्यार्थीहरुकै चाप भएको र टाढा बाट आउने बिद्यार्थीहरुको लागि निकै गारो भएको बिद्यार्थीहरुको समय पनि धेरै लाग्ने भएकाले एन्जल्स कम्प्युटरले सबै कुरा ध्यान मा राख्दै बनगाइको सेन्टर मानेर आफ्नो शाखा खोलेको छ।


त्यस्तै अहिले एसईई सकिएसङ्गै बिद्यार्थीहरुको लगभग ३महिना समय खालि नै हुने गर्दा पहिला जस्तो आफ्नो बालबच्चा भौतारिनु नपर्ने र थोरै समय भएपनि आधुनिक युग कम्प्युटर युगमा केहि सिक्न सके बिद्यार्थीहरु धेरै नै सिकारु र बौद्धिक बिकाश हुने यस ईन्स्टिच्युटका प्रमुख संचालक राहुल शर्माले बताउछन


यहिले नया कोर्सको लागि बनगाइमा खुलेको नयाँ शाखामा लगभग ५०देखि ६० जना बिद्यार्थी रहेकोे शाखा ब्यवस्थापक निराजन अर्यालले बताउएका छन त्यस्तै यता एन्जल्स कै मेन शाखामा एसईइ सकिएका र अन्य बिद्यार्थीहरु लगभग नया आएको 150देखि २००जना रहेको प्रबन्धक राहुल शर्माले बताएका छन।

अहिले दुबै सस्थांमा एकाउन्ट प्याकेज,डिसिए बेशिक ,प्याकेज,अफिस प्याकेज,भिडियो ग्राफिस,डिजाइन, वेबसाईट डिजाइन,हार्डवर एण्ड नेट्वोर्किङ जस्ता कोर्स हरु संचालन गर्दै आएको छ।

23 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal