दाम्पत्य जीवन सुरु गर्नुमा समर्पित सयोगको रोमान्टिक गीत (भिडियोसहित)

२०७७ पुष ८ गते, बुधबार

काठमाडौं । गीत न सीमा, न बाध्यता, न भाषा, न एकै बोलीमा बाँधिन सक्छ । यसले हरेक परिस्थिति र वातावरणलाई प्रतिनिधित्व गर्छ । यस्तै नयाँ वातावरण, नयाँ अनुभव अनि नयाँ यात्रामा समर्पित एउटा गीत आएको छ गायक, संगीतकार तथा गीतकार सयोग विक्रम राणा कुँवरबाट ।
भरखरै वैवाहिक जीवनमा बाँधिएको सयोगले आफ्नी नवविवाहित पत्नीलाई एउटा रोमान्टिक गीतले स्वागत गरेका छन् । नेपालको सांगीतिक आकाशमा कम सुनिएका, तर अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीत र प्रतिभाको राम्रो चिनारी दिएका सयोग गत वर्ष आयरल्याण्डमा सम्पन्न एउटा रियालिटी सांगीतिक प्रतिस्पर्धामा सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएका थिए ।
दर्जन बढी गीत र म्यूजिक भिडियो बनाइसकेका सयोग आयरल्याण्डमा अध्ययन र संगीतकर्मलाई अघि बढाइरहेका छन् । नेपाल आएर विवाह गरेपछि उनले आफ्नै विवाहको भिडियो दृश्यहरुलाई प्रयोग गरेर एउटा मधुर गीत तयार गरे, जुन हरेक नवविवाहित दम्पत्तिका लागि एउटा उपहार नै बनेको छ ।
नेपाली वैवाहिक गीत नाम दिइएको डोली सजाएर लान्छु तिमीलाई बोलको यो गीत सुन्ने र हेर्ने जो कोहीलाई मन्त्रमुग्ध पार्दछ । प्रेम जोडी हुन् वा दम्पत्ति हरेकको मनको भावना व्यक्त गर्ने यो गीत हरेक वैवाहिक कार्यक्रममा बजाउनैपर्ने गीत बनेको छ ।

1286 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal