हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै पौष १८ गते शक्ति प्रदर्शन हुने

२०७७ पुष ११ गते, शनिबार

काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसस्थापुर्नवहालीको लागिशक्तिप्रदर्शन गर्ने भएको छ । पौष १८ गते शनिबार रत्नपार्कमा दिउँसो १२ बजे शक्ति प्रदर्शन गर्ने समाजले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
उक्त कार्यक्रममा राष्ट्रबादी नागरिक समाजका अध्यक्ष चन्द्र बहादुर रामदाम (चवरा) ले राष्ट्रवादी शक्तिको नेतृत्वमा हिन्दु अधिराज्य सहित राजसंस्था पुर्नस्थापना गर्ने बताए । ‘राजनीतिक परिवर्तन गरेर मात्र हँुदैन अब २०७२ सालको संविधान फालेर नयाँ संविधान बनाउनु पर्छ ।¬’ उनले देशमा राजनीतिक दलका नेताहरुले भ्रष्टाचार र अस्थिरता बढाएर संकट ल्याएको आरोप लगाउँदै मृत्युदण्ड दिनुपर्ने बताए । उनले नेताहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै भने, ‘अब यिनीहरुलाई मृत्युदण्ड दिनु पर्छ ।’
कार्यक्रममा बोल्दै उप–संयोजक लक्ष्मी मल्लले राष्ट्रवादी आन्दोलनमा सबैलाई सहभागी भइदिन अनुरोध गरिन् । उनले अबको सडक आन्दोलनको औचित्य भनेको राजा पुनःस्थापना गर्ने हो भन्दै अब जनता नेताको नभई राजाको झोला बोक्न तयार भएको जिकिर गरिन् ।

219 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal