५५ वर्ष पुगे सलमान, यी महिलासँग रह्यो प्रेम

२०७७ पुष १२ गते, आईतवार

मुम्बई । बलिउड सुपरस्टार सलमान खान आज ५५औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ । सलमानले बलिउडका कयौ अभिनेत्रीसँग डेट गरेको छन् । तर, विवाह भने कसैसँग पनि भएको छैन । सलमानको प्रेम रहेको ६ महिला जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
शहीन जाफरीः
शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । सलमान जव १६ वर्षका थिए । त्यही समय शहीनको प्रेममा थिए । यी दुबैको विवाहसँग कुरा पुगेको थियो । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भयो । सोही कारणले विवाह हुन सकेन ।
संगीता बिजलानी
संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् । दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् । सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो ।
सोमी अली
सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको अफेयर्स लामो समयसम्म चलेको थियो । फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग फिदा भएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो ।
ऐश्वर्या रायः
सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्कोलाई मन पराएका थिए । एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए । उक्त कारणले ऐश्वर्या रिसाएर सलमानलाई ब्रेकअप दिएकी थिइन् ।
कट्रीना कैफः
सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो । सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो ।
युलिया वन्तूरः
सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् ।

180 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal