दाहाल–नेपाल समूहको प्रतिनिधिसभा विघटन विरूद्ध विरोध प्रदर्शन

२०७७ पुष १४ गते, मंगलवार

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशव्यापी विरोध प्रदर्शन गरेको छ ।
पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आयोजनामा काठमाडौँमा विभिन्न स्थानमा विरोध र्‍याली सुरु भएको हो । प्रचण्ड, नेपाल, झलनाथ खनाल, योगेश भट्टराईसहितका नेताहरु सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय हुँदै भृकटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा समूहमा विभाजन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सत्तामा छ ।

183 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal