एकताबद्ध भई सबै समुदायलाई आन्दोलनमा लाग्न प्रचण्डको आग्रह

२०७७ पुष १५ गते, बुधबार

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘तमू (गुरुङ) समुदायको तमू ल्होछार, ल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह पनि गरेका छन्।
‘नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो । हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको छ । ’
यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको उनले बताएकाछन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको भन्दै आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको उनले बताएका छन् ।

152 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal