थप ५३४ जनामा कोरोना पुष्टि, नौको मृत्यु

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौं । नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ५३४ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६० हजार ५९३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४४७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५२ हजार ३५९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६।८ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ३२ हजार ४७७ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८५६ पुगेको छ ।

170 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal