नेकपा विभाजित हुँदा प्रतिक्रियावादी खुसी भएका छन्ः बादल

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादीहरुको नेकपा विभाजन गराउने रणनीति सफल भएको बताएका छन् । ओली निकट काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री समेत रहेका बादलले भने, अहिले नेकपाको एउटा गुट अलग भएको छ । नेकपा विभाजित हुँदा प्रतिक्रियावादी खुसी भएका छन् । नेकपाको दुई तिहाइको संसद विघटन हुँदा पनि खुसी छन् । अब प्रतिगनका दिन आए भनेर सडकमा खुसी देखिएका छन् ।ू
बादलले विभाजत नेकपा जोड्न जनतामा जाने निर्णय गरिएको बताए । प्रतिक्रान्ति रोक्नका लागि जनताको सहयोग आवश्यक रहेको पनि उनले बताए । उनले भने, पुरानो संसद अस्थिरको माध्यमका रुपमा खडा भएको छ। यसको पुनःस्थापना आवश्यक छैन । नयाँ संसदको स्थापना आवश्यक छ । त्यसका लागि निर्वाचनमा जाने निर्णय गिरएको छ ।ू
पार्टीमा पदलोलुपताले एउटा गुट अलग थापाले भएको बताए । कसैलाई प्रधानमन्त्री हुनुछ, कसैलाई राष्ट्रपति हुनुछ, कसैलाई पार्टीको अध्यक्ष र सचिव हुन छ । अहिलेको बहस यसैमा केन्द्रित छ, उनले भने । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि कृतिम आरोपपत्र दायर गरेर पार्टीलाई विभाजनको तहसम्म पुर्याएको आरोप समेत उनले लगाए ।

138 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal