प्रचण्ड लोभी पापी चिन्तन बोकेर हिँडेः कृष्णगोपाल श्रेष्ठ

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको राजमार्गमा तगारो आएको बताएका छन् ।
ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिको कार्यकर्ता भेलामा श्रेष्ठले प्रचण्डबाट खडा भएको तगारो हटाउन आफूहरु नथाक्ने पनि बताए ।
नेकपा अध्यक्ष केपी ओलीले नेपालमा कम्युनिस्ट पार्टी बनाउने सपनाका साथ माओवादी केन्द्रसँग एकता गरेको पनि बताए । तर त्यसमा प्रचण्डबाट अवरोध खडा गरिएको श्रेष्ठको आरोप थियो । प्रचण्ड लोभी पापी चिन्तन बोकेर हिँडेको पनि उनले आरोप लगाए । प्रचण्डलाई पुष्पकमल दाहाल बनाए पनि फेरि प्रचण्ड हुँदा अहिलेको अवस्था आएको बताउँदै उनले केपी ओेली नै नेकपाको संस्थापन भएको दावी गरे ।

297 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal