त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोली र पेस्तोलसहित एक जना पक्राउ

२०७७ पुष २० गते, सोमबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर—२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।
विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो ।

166 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal