लघु चलचित्र ‘सहारा’ सार्वजनिक

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । पुरु राईको लेखन तथा निर्देशन रहेको लघु चलचित्र ‘सहारा’ सार्वजनिक गरिएको छ । कोरोना कहरको विषयमा केन्द्रित रही निर्माण गरिएको सो चलचित्रमा बेरोजगार तथा मानिसबीचको सम्बन्धमा परेको असरलाई देखाइएको छ । चलचित्रमा ध्रुव दत्त, सिर्जना निंगलेकु, पुरु राईलगायतको अभिनय छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा उत्पन्न भएको विभिन्न समस्यालाई चलचित्रमा उठाइएको निर्देशक राईले बताए । राईले निर्देशन गरेको यो लघुचलचित्र चलचित्र हो । उनले यसअघि ‘सम्बन्ध’ निर्देशन गरेका थिए । चलचित्र ‘सहारा’मा छााँयाकन, सम्पादन कुशल श्रेष्ठ, स्वर संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नवीन निरौलाको छ । टुवाईको ब्यानरमा निर्माण भएको ‘सहारा’ अभिनेत्री सृजना निंगलेकुुको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

168 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal