२५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२०७७ पुष २७ गते, सोमबार

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २५९ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ४ हजार १९९ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ७८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५८ हजार ४४१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना पुगेको छ ।

158 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal