देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

२०७७ माघ १ गते, बिहीबार

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।
मौसमको खराबीले पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । हेलिकप्टरमा सभापति देउवाका साथै नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी सवारी थिए । सभापति देउवा पर्वत कांग्रेसको नयाँ भवनको उद्घाटन गर्न बिहीबार काठमाडौंबाट पर्वत जाँदै थिए ।

159 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal