विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

२०७७ माघ ११ गते, आईतवार

काठमाडौं । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो ।
राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

208 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal