संविधान विघटन गलत भन्नेहरु देशविरोधी, जनता विरोधी, लोकतन्त्र र स्थायित्व विरोधी हुन्ः प्रधानमन्त्री ओली

२०७७ माघ ११ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय कुनै हालतमा असंवैधानिक हुन नसक्ने बताएका छन् ।
आइतवार अपांगता भएका नागरिकहरुसँग राष्ट्रियसभा गृहमा भएको अन्तरक्रियामा बोल्दै ओलीले यसो भनेका हुन्।
एकथरीले संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक, जनविरोधी भयो भनिहरेका छन्ु, उनले भने, संविधान विघटन गलत भन्नेहरु देशविरोधी, जनता विरोधी, लोकतन्त्र र स्थायित्व विरोधी हुन् ।
उनले बहुमतको सरकार तोडेर अस्थिरता लाद्न खोजिएपछि आफूले बाध्य भएर उक्त कदम चालेको बताएका छन्। बहुमतको सरकार तोडेर देशलाई अस्थिरतातर्फ लैजान खोजियो, त्यहीकारण ताजा जनादेशमा जाने निर्णय लिएका हौँु, ओलीले भने, संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरुको अहिले रुवाबासी भएको छ। जनता र देशको सेवा गर्नुपर्ने ठाउँमा बसेर अरुका लागि काम गर्ने भएपछि स्थिरतालाई भत्काउन खोज्नेविरुद्ध यो कदम चालिएको हो ।

158 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal