आयोगले विगतका नजिर हेरेर नेकपाभित्रको विवाद चाँडै हल गर्नुपर्छ – पूर्व प्रमुख निर्वाचन आयुक्त डा. यादव

२०७७ माघ ११ गते, आईतवार

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘निर्वाचन आयोग संवैधानिक संस्था हो । निर्वाचनको मिति घोषणा गरेपछि विशेष किसिमको तयारी गरेर अगाडि बढ्नुपर्छ । विगतमा पनि हामीले आयोगको ईतिहास त्यही पाएका छौं । २०६४, २०७० सालमा पनि निर्वाचन भएकै हो । २०७४ सालमा पनि नयाँ संविधानअनुसार निर्वाचन भएकै हो । अहिले निर्वाचन आयोगको प्रमुख दायित्व छ, निर्वाचन गर्नको लागि तयारी गरेर अगाडि बढ्नको लागि आयोगले तयारी गरिराखेको छ । आन्तरिक तयारी र बाहिरी हुन्छ । अहिले आयोगले आन्तरिक तयारी गरिाखेको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आयोगले सर्वप्रथम निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनुपर्ने पनि सुझाव दिए । उनले भने,‘देशमा जुन अवस्था देखिएको छ, राजनीतिक अवरोध देखिएको छ । निर्वाचनको लागि त वातावरण अनुकुल हुनुपर्छ । नेपालमा अहिले राजनीतिक सुनामी नै आएको अवस्था छ । यस्तो सुनामी इतिहासमा भएको थिएन । फरक किसिमको सुनामी छ । एउटै दलभित्र दुई पक्ष छन् । यो अवस्थामा आयोग अहिले अप्ठ्यारो अवस्थामा छ । निर्वाचनको मिति घोषणा भैसकेको छ । समय कम छ । राजनीतिक दलहरुको अनुकुल वातावरण भएन भने निर्वाचन गर्न गाह«ो छ । महत्वपूर्ण कुरा हो–पोलिटिकल कन्ड्युसिभ ईन्भाईरोमेन्ट ।’
उनले आफूले निर्वाचन सम्पन्न गर्नको लागि पाँच ‘स’ आवश्यक पर्ने कुरा उल्लेख गर्दै आएको सुनाए । उनले भने–‘मैले पाँचवटा ‘स’ भनेको छु । पहिलो कुरा दलहरुबीच समन्वय हुनुपर्छ । दलभित्र समन्वय अत्यन्तै आवश्यक छ । दोस्रो, भनेको सद्भाव हुनुपर्छ दलभित्र । जनताको बीचमा सद्भावना देखाउनुपर्छ । र, तेस्रो सहयोग पनि हुनुपर्छ । पारस्परिक सहयोगको आवश्यक हुन्छ । चौथो सहानुभूति र पाँचौ सहकार्य । यी सबै दलका लागि र निर्वाचनको लागि पनि आवश्यक छ ।’
उनले नेपालमा संकटको अवस्थामा पनि दलहरूले आपसमा सहकार्य र समझदारी गरेर आयोगलाई समयमै निर्वाचन सम्पन्न गर्नको लागि सघाएको ईतिहास रहेको सुनाए । ‘अहिले निर्वाचन वैशाख १७ र २७ गते मिति घोषणा छ । तर, मेजर पोलिटिकल पार्टीको विवादले गर्दा हामी अन्यौलमा छौं । जनता अन्यौलमा छौं । निर्वाचन तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्नेबारे अहिले अन्यौलता छ ।’

388 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal