बाबुराम भट्टराईको ट्वीटः छातीमा हात राखेर बाटो रोजौं

२०७७ माघ १४ गते, बुधबार

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुक अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा रहेको बताएका छन् ।
बुधवार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले अहिले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेकाले कुन बाटोमा जाने सबैले छातीमा हात राखेर सोच्नुपर्ने बताएका हुन् ।
उनले अग्रगमनमा संसद पुर्नस्थापना, सहमतीय सरकार, सहमतिमा संविधान संशोधन, निर्वाचन, सुशासन तथा समृद्धि पर्ने उल्लेख गरेका छन् । अग्रगमन रोज्नेहरूले यी सहमतिमै संविधान संशोधनदेखि निर्वाचन, सरकार लगायतका सबै काम सहमतिमै हुनुपर्ने र त्यसका लागि संसद पुनस्र्थापना कुनै हालतमा हुनुपर्ने औंल्याएका छन् ।
यस्तै पश्चगमनतर्फ संसद विघटन, निर्वाचन नगर्नु, संकटकाल, संविधान खारेज, आन्दोलन, विद्रोह, बाह्य हस्तक्षेप तथा अन्त्यहीन द्वन्द हुने उल्लेख गरेका छन् ।

150 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal