आफूहरूको पक्षमा देशैभरी लहर चलेको छः माधव नेपाल

२०७७ माघ १५ गते, बिहीबार

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको पक्षमा देशैभरी लहर चलेको दावी गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिक बनाइदिएको दाबी गरेका हुन् ।
‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो,’ नेपालले भने ।

163 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal