दृष्टिविहीन अमिट केसीले चैत्र २८ गते सगरमाथा आरोहण गर्ने

२०७७ माघ १८ गते, आईतवार

काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनिआर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ ले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । कार्यक्रममा पूर्व सिडिओ कैलाशनाथ खरेल, समाजसेवी ईन्दिरा राना, सरस्वती क्याम्पसका सह–प्राध्यापक चन्द्रबहादुर केसी, अपांगता मैत्री समाजका अध्यक्षका शिलाल श्रेष्ठ सहभागी थिए । उनीहरुले केसीलाई सफल सगरमाथा आरोहणका लागि शुभकामनादिए ।
कार्यक्रममा बोल्दै केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमाआफूले सन् २०१७माक्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तरचौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए । उनले भने– ‘मैले त्यतिवेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरिर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिवेला पनि पूनःआउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी पूरा भयो । मानसिक रुपमातयारी अवस्थामा भएपनि ार्थिक अभावको कारणले यो अभियान संकटमा छ ।’ उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरेका छन् ।

234 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal