जवरजस्ती भट्टा राख्न खोजे रगतको खोला बगाउने चेतावनी

२०७७ माघ १८ गते, आईतवार

झापा । झापाको कमल गाउँपालिका १ रतनचौनबासीले आफ्नो गाउँमा ईटा भट्टा खोल्न नदिने बताएका छन् । रतनचौन टोल विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय वासिन्दाहरूले ईटा भट्टाको बिरुद्धमा ज्यानको बलिदान दिन तयार रहेको बताए ।
भेलामा वडाध्यक्ष देखि स्थानीय बुढापाका, महिला,वालबालिका सहितको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा उपस्थित सबैको एउटै आवाज थियो – ईटा भट्टाले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ , त्यसकारण मानव बस्तीको बीचमा ईटाभट्टा खोल्न दिनु भएको आफ्नो हत्या आफै गर्नु जस्तै हो । कमल १ का वडाध्यक्ष केदार कट्वालले उद्योग स्थापनाका विषयमा वडा कार्यालयमा कुनै सूचना नआएको बताउनु भयो । उहाँले प्रदुषण युक्त उद्योगको विरुद्धमा स्थानीय बासिन्दालाई आफ्नो साथ सहयोग रहेको बताउनु भयो । वडाध्यक्ष कट्वाले भन्नुभयो –उद्योगीले आफ्नो नीजि जग्गा हो भन्दैमा स्थानीय सरकार र सरोकारवालाहरू र सँधियारहरूलाई वेवास्ता गरेर भट्टा सञ्चालन गर्न नपाउनु हुन्न । कानूनी प्रकिया पुरा गरेर कुनै उद्यान , कृषि उद्योग, पशुपालन वा अरु प्रदुषण नगर्ने प्रकार उद्योग खोल्न वडाध्यक्षको सुझाव छ ।
स्थायीय वृद्ध तुलसीराम दङ्गालले २०७३ कात्तिक ९ गते तत्कालिन तोपगाछीबाट ईटा भट्टा खोल्न स्थानीयको सहमति माग भएको बताउनु भयो । तर, त्यसैबेला हालका वडाध्यक्ष केदार कट्वालको अगुवाईमा स्थानीय ३२० परिवारको हस्ताक्षर सहित घरेलु उद्योग कार्यालय झापामा असहमति पत्र बुझाएको बताउनु भयो । तर, भट्टा सञ्चालकले उतिबेला नै धम्क्याएको बताउनु भयो । उहाँले स्थानीयको असहमति हुँदा हुँदै भट्टा ख्ुले रगतको खोलो बगाउन तयार रहेको उहाँले बताउनु भयो ।
रतनचौन टोल विकास समितिका अध्यक्ष सन्तोष कट्वालले साढे ३ सय परिवारको उठिबास हुने गरी कुनै पनि हालतमा भट्टा खोल्न नदिने बताउनुभयो । उहाँले गाउँपालिका उपाध्यक्ष बेणुप्रसाद शिवाकोटीले पनि अब प्रतिकारमा उत्रनु भनेको बताउनु भयो । उहाँले स्थानीय नागरिक प्रतिकारमा उत्रिदाँ हुने क्षतिको जिम्मा उद्योगीले नै लिनु पर्ने बताउनु भयो ।
उता उद्योग सञ्चालनको तयारीमा रहनु भएका ब्यवसायी गुणराज थापा कानूनी प्रक्रिया नपु¥याई उद्योग नखोल्ने बताउनु हुन्छ । उहाँले ‘हाइव्रेड हप मल्टिक्लिन ’ प्रविधिको उद्योग भएकाले वातावरण मैत्री हुने बताउनु भयो । गरिमा टायल्स प्रालि नामको उद्योगले स्थानीय ३० जनालाई रोजगार दिने उहाँको भनाई छ । २५ करोड रुपियाँको लगानीमा सुरु हुने उद्योगले दैनिक ५० हजार ईटा उत्पादन गर्नेछ । यति ठूलो प्रविधि मैत्री उद्योग खुल्दा त्यहाँका वासिन्दाको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने थापाको भनाई छ ।

404 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal