“हेमन्त र शिशिर” लाई बसन्तको पत्र

२०७७ चैत्र १ गते, आईतवार

मिति २०७७/१२/ ०१ प्रकृतिनगर , खुल्ला प्रकृती
प्रीय हेमन्त
प्रीय शिशिर
हार्दिक सादुवाध एवम् विदाई
हुन त तिम्रो मनमा कयौं अनुत्तरित प्रश्नहरू उठ्दैछन होला आज यो बसन्त किन पत्र लेख्दैछ भनेर आश्चर्य मान्नुपर्ने त्यस्तो केहि पनि छैन ।
प्रीय हेमन्त अनि शिशिर जब तिमीहरूले यो वर्षमा प्रवेश गर्‍यौं यहाँ नयाँ नयाँ किसिमको माहोल सिर्जना गर्‍यौ । तनमा एक सरो लुगा नलगाउनेको शरीर छपक्क छोपिदियौ ,पाकिसकेका सेता कपाल उनको टोपीको मद्दतले लुकाएर धन्न मेरो इज्जत जोगायौ । म जस्तो सुकुटेलाई पनि हृष्ठ्पुष्ट देखायौ ।कलम र मोबाइलमा मात्रै उपयोग भइरहेका मेरा हातहरूलाई नयाँ रोजगार दिलायौ स बारम्बार नाक सुमसुम्याइरहनुपर्ने । महिनामा दुइचोटी नुहाउदा शहरका घरधनीको टाङ्किको पानीको इज्जत थामिदियौ ।हात र ओठको छाला फुटाएर मजस्ता स्वघोषित बेरोजगारलाई चिल्लो लगाइरहनुपर्ने नयाँ रोजगारी सिर्जना गर्‍यौ ।जकेट ,स्वीटर , टोपी ,मफलर ,टोपी पञ्जा र सिरक सङ्गको साथ जोडायौ जसको निम्ति तिमीलाई धन्यवाद दिने कुनै शब्द नै छैन अहिले मसङ्ग ।कहिल्यै चिया नपिउनेलाई दैनिक तिनचार चोटी चिया पिउने बनायौ । यसको लागि म आभारी छु ,घरको याद कस्तो हुन्छ हुस्सुले निल्ने गरेका ती महिनौसम्मका तप तप आँसु चुहाइरहने दिनहरूले स्मरण गरायौं ,एक ग्लास चिया उम्लिन घण्टौ लाग्दा मुढा ताप्दाको याद ताजा गरायौ , ताजा गरायौ अगेनोमा आगो ताप्दै जम्मा भएर रात बित्ने गाउँघरका बुढापाकाकाहरूका दन्त्यकथा र किंवदन्ती हरू,मौलिक संस्कार सभ्यता र संस्कृतिका कुराहरू , उखु पेलेर खुदो बनाउदाका मिठा अनि रसिला यादहरू , सल्लोको सिम्ता पोलेर खाने दिनका यादहरू, अगेठोमा मकै भुटेर खाने रातका यादहरू
प्रीय हेमन्त अनि शिशिर , तिमीहरूले सोचेउ होला हाम्रो यो अवस्था अनि साथ सधैं रहिरहन्छ तर गतिशील शक्तिवान प्रकृतिको अगाडी कसैको केहि लाग्दो रहेनछ ।यो त अब तिमीलाई पनि आभास भैसक्यो होला है । आजबाट चैत लागेसङ्गै तिमीलाई विदाइ गरेर आफ्नोलागी डेरा जमाउदैछु ।हिजो नै औपचारिक विदाई गर्ने कार्यक्रम थियो तर मेरो कार्यव्यस्थताका कारण एकदिन विलम्ब हुन पुग्यो । बियोगको पिडा के हो यतिका बर्षका अनुभवका तितामिठा स्वाद थाह पक्कै होला तैपनि विवशता छ । मैले नचाहेर पनि भन्नुपर्ने नै हुन्छ
जकेट , स्वीटर पन्जा,मोजा ,मफ्लर, ऊनको झोप्रे टोपी,शिरक,चिया ,हेमन्त ,शिशिर ,हिउँद❣️समस्त माधुर्य साथमा लिएर ,विशाल विश्वमा सौन्दर्य छर्नुछ
उहीँ तिम्रो सहोदर दाजु
ऋतुराज बसन्त

717 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal