सहयोगि मनका धनि बन मन्त्री, उपचारका लागि आर्थिक सहयोग

२०७७ चैत्र १ गते, आईतवार

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अश्त्र दैनिकका प्रधानसम्पादक पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

काठमाडौंको चावहिलस्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ । पत्रकार रावलको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले मन्त्री आलेले रु २५ हजार आर्थिक सहयोग प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।
शुरुमा कूल रु ५० हजार शल्यक्रिया खर्च हुने भनिए पनि सो क्रममा पत्रकार रावलको आन्दामा प्वाल परेपछि उनको थप शल्यक्रिया गर्नुपरेको पत्रकार रावलकी धर्मपत्नी राधिका कुँवर रावलले जानकारी दिइन् ।

उनको उपचारमा अहिलेसम्म कूल रु तीन लाखभन्दा बढी रकम बिल आएको बताइएको छ । पत्रकार रावललाई नेपाल पत्रकार महासङ्घले पनि आर्थिक सहयोग गर्ने तयारी गरी रहहेको महासचिव रमेश विष्टले जानकारी दिए । यसैगरी मन्त्री आलेले आजै टिचिङ अस्पताल काठमाडौँमा उपचार गराइ रहेकी डोटीको शिखर नगरपालिका तिजालीकी सात महिने बालक शुसान्त साउदलाई रु १५ हजार आर्थिक सहयोग प्रदान गरे ।

896 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal