पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२०७७ चैत्र १३ गते, शुक्रबार

काठमाडौ।पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१६ जनामा भएको आरटी पीसीआर परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। यस्तै काठमाडौँका ५५, ललितपुरका ९ तथा भक्तपुरका २ जना गरी काठमाडौँ उपत्यकामा थप ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

243 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal