सांसद पहारी ढिकुरपोखरी पोखरा समाज द्वारा सम्मानित

२०७७ चैत्र २१ गते, शनिबार

पोखरा । कास्की क्षेत्र नं-३ (ख) का सांसद राजिब पहारी ढिकुरपोखरी पोखरा समाज द्वारा सम्मानित हुनुभएको छ । आज एक कार्यक्रमका बिच उहलाइ सम्मान गरिएको हो ।

ढिकुरपोखरी पोखरा समाज पोखराले आयोजना गरेको नया बर्ष २०७८ को सुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम मा कास्की को बिकासका निम्ति राजनीति र सामाजिक क्षेत्रमा पुर्याएको योगदान को कदर गर्दै उहालाइ सम्मान गरिएको हो ।
ढिकुरपोखरी समाजको नब बर्ष २०७८ को क्यालेन्डर बिमोचन संघीय सांसद दुर्गा बिक र सांसद पहारिले गर्नु भएको थियो । कार्यक्रममा ढिकुरपोखरी समाजका क्रियाशिल सदस्य हरुलाइ छात्रवृत्ति बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै राजिब पहारी ले ढिकुरपोखरी को आर्थिक , सामाजिक बिकासका निम्ति आफू सधै अग्रसर हुने बताउनुभएको छ ।

531 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal