जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता पडरियामा सम्पन्न

२०७८ बैशाख १ गते, बुधबार

कपिलवस्तु । स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बाडगङा नगरपालिका वडा-९को आयोजनामा चैत्र २४ गते देखि सुरु भएको जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
बाडगङा नगरपालिका वडा -९ को आयोजना युनाइटेड युथ क्लबको सह-आयोजनामा बाडगङा नगरपालिका -९ पडरिया कपिलवस्तु मा खेल सम्पन्न भएको थियो ।

फुटबल प्रतियोगिता समापन कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा कपिलवस्तुकि नेतृ माननीय बिमला घिमिरेको प्रमुख आतिथ्यता , बाडगङा नगरपालिका वडा -९ का वडा अध्यक्ष धुर्ब बेल्बासे र सारापानी सामुदायिक बनका अध्यक्ष गिर बहादुर गुरुङको बिशिस्ट आतिथ्यता तथा निशान खडकाको संचालनमा खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण खेलप्रेमी दर्शक र खेलाडी हरु लाई धन्यवाद दिदै खेलकुद प्रतियोगिताका खेल संयोजक सुदिप खनालले खेल स्वास्थ र समाजका लागि फाइदाजनक रहेको बताउनु भयो ।
कुल १२ टिमको प्रतिस्पर्धा रहेको खेलकुद प्रतियोगितामा लिंकन युथ क्लब, जिनुवा प्रथम र आयोजक सिनियर गुरुङ समाज, बनगाइ द्वितीय भएका थिए ।

खेलमा प्रथम पुरस्कार राशी नगद ७० हजार सिल्ड , मेडल र प्रमाण र द्वितीय पुरस्कार राशी नगद ४० हजार , सिल्ड मेडल र प्रमाणपत्र रहेको थियो ।

697 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal