चेन्नईमाथि मुम्बईको जित, पोलार्डले बनाए १७ बलमा अर्धसतक

२०७८ बैशाख १९ गते, आईतवार

भारत । भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्सलाई अन्तिम बलमा हराउँदै मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको छ।
दिल्लीमा भएको लिगको २७औं खेलमा चेन्नई सुपर किंग्स ९सीएसके० ले दिएको २१९ रनको लक्ष्य मुम्बई इण्डियन्सले अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

चेन्नईमाथि ठूलो जित निकाल्ने क्रममा मुम्बईका लागि किरन पोलार्डले आक्रमक ब्याटिङ गरे। १७ बलमै अर्धसतक बनाएका पोलार्डले ३४ बल खेल्दै ८ छक्का र ६ चौकासहित ८७ रनमा अभिजित रहे।

यस्तै ओपनर क्वेन्टन डिककले ३८ रन बनाउँदा कप्तान रोहित शर्माले ३५ र क्रुनाल पाण्ड्याले ३२ रन जोडे। हार्दिक पाण्ड्याले १६ रन बनाउँदा अन्यले दोहोरो रन बनाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

उसका लागि फाफ डुप्लेसिस,मोइन अली र अम्बाती रायडूले आक्रामक अर्धसतकीय पारी खेले। २८ बल खेलेका फाफ डुप्लेसिसले पाँच छक्का र दुई चौकासहित ५० रन बनाए । जारी सिजनमा फाफको यो लगातार चार अर्धशतक हो ।

त्यस्तै, अलराउन्डर मोइन अलीले पनि आक्रामक पारी खेल्दै ३६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ५९ रन बनाए ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका अम्बाती रायडूले आक्रामक पारी खेल्दै विपक्षी टिमलाई बलियो लक्ष्य दिन महत्वपूर्ण योगदान दिए । उनले २७ बलमा सात छक्का र चार चौकासहित अविजित ७२ रनको योगदान दिए ।

त्यस्तै, ऋतुराज गायकवाड चार, सुरेश रैना दुईमा आउट हुँदा अलराउन्डर रवीन्द्र जडेजा नटआउट २२ रनमा अविजित रहे ।बलिङमा किरण पोलार्डले दुई, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहले एकरएक विकेट लिए ।

योसँगै रोहित शर्मा नेतृत्वको मुम्बईले यो सिजन सात खेलमा चौथो जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ।महेन्द्रसिंह धोनी कप्तान रहेको सीएसकेले यो हारसँगै सातौ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा कायमै छ।

313 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal