शिक्षा मन्त्रालयका उपसचिव कपिलवस्तुका ढुण्डीराज अर्यालको निधन

२०७८ कार्तिक २७ गते, शनिबार

कपिलवस्तु । कपिलवस्तुका वासिन्दा समेत रहनु भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ । उहालाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।

मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नु भएको छ । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । यता एमाले बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोखरेलले एक शोक बिज्ञप्ती प्रकासित गर्दै नेकपा एमाले बाणगंगा ५ वडा कमिटी अध्यक्ष बाबुराम अर्यालका भाई ढुण्डिराज अर्यालको अकल्पनिय निधनको खबरले अत्यन्त स्तब्ध र मर्माहत भएकेो उल्लेख गर्नु भएको छ ।

दुःखको यस घडिमा दिवङ्गत मित्र ढुण्डि प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पुर्ण परिवार आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्दछु उहाको शोक बिज्ञप्तीमा उल्लेख छ । अर्याल लामो समय जिल्ला शिक्षा कार्यलय कपिलवस्तुमा शाखा अधिकृतको रुपमा समेत रहनु भएको थियो ।

364 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal