माओवादी केन्द्रसँग एकता हुने विप्लवको संकेत

२०७८ कार्तिक २७ गते, शनिबार

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकता हुन सक्ने संकेत दिएका छन् ।

धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’

सरकारले पार्टीलाई प्रतिबन्धबाट हटाउँदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको पनि उनले बताए । सहमति कार्यान्वयनबाट सरकार पछाडि हट्न थालेको आरोप उनको छ । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।

‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’

399 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal