महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्छौं: ईश्वर पोखरेल

२०७८ कार्तिक २७ गते, शनिबार

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दशौं राष्ट्रिय महाधिवेशनबाट समहमतिमै नेतृत्व चयन गरिने बताउनुभएको छ ।


ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो “हामी सहमतिका साथ नेतृत्व चयन गर्छौं ।” देशभरका सबै स्थानीय अधिवेशन एकैसाथ सहमतिमा भएको स्मरण गराउँदै उहाँले केन्द्रीय महाधिवेशनमा पनि सोहीअनुसार नेतृत्व चयन हुने बताउनुभयो ।

महाधिवेशनमा पदेन, निर्वाचित र मनोनित प्रतिनिधि रहने जानकारी पनि उहाँले दिनुभयो । प्रतिनिधि छान्न भोलि देशभर चुनाव हुने जानकारी दिँदै उहाँले त्यसको तयारी पूरा भएको बताउनुभयो ।

नेपालको राजनीति दूई ध्रुबमा विभाजित भएको भन्दै उहाँले एउटा ध्रुवको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले र अर्को नेतृत्व गठबन्धनले गरिरहेको बताउनुभयो । ओली नेतृत्वको वरिपरि एमालेका नेता कार्यकर्ता मात्र नभएर देशलाई माया गर्ने सबै गोलबन्द हुनुपर्ने बताउनुभयो ।

एमालेको महाधिवेशन एमालेका लागि मात्र नभएर देश र देशको राष्ट्रिय राजनीतिका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

138 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal