राष्ट्रपति सीले भिडियो लिङ्क मार्फत बाइडेनसँग संवाद गर्ने

२०७८ कार्तिक २७ गते, शनिबार

एजेन्सी । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १६ मा बेइजिङ समय अनुसार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडिओ लिङ्कमार्फत संवाद गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शनिबार बताउनुभएको छ ।

राष्ट्रपति सीले बाइडेनसँग चीन-अमेरिका बीचको द्वीपक्षीय सम्बन्ध बारे विचार आदानप्रदान गर्नुका साथै साझा चासोका मुद्दाहरूमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

247 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal