महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा २६ नक्सलवादीको मृत्यु

२०७८ कार्तिक २८ गते, आईतवार

एजेन्सी । महाराष्ट्रको गढचिरौली जिल्लामा प्रहरी र नक्सलवादी विद्रोहीहरुबीच भएको भिडन्तमा २६ जना विद्रोहीको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय एसपी अंकित गोयलले मृतकहरुको संख्या पुष्टि गरेका हुन् ।

गोयलले ग्यारपट्टी जंगलमा भएको भिडन्तमा चार प्रहरी पनि घाइते भएका छन् । घाइते प्रहरीलाई एयरलिफ्ट गरेर नागपुरको ओरेन्ज सिटी अस्पताल लगिएको छ । उनीहरुको उपचार जारी रहेको बताइएको छ ।

194 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal