विवाहमा विश्वास नगर्ने मलालाको सोच कसरी बदलियो ?

२०७८ कार्तिक २८ गते, आईतवार

एजेन्सी । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले आफ्नो विवाहपछि पहिलो लेख बेलायती फेसन पत्रिका वोगुका लागि लेखेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग ९ नोभेम्बरमा बर्मिंघममा विवाह गरेकी थिइन् । पत्रिकामा विवाहबारे लेखिएको लेखमा उनले एक संस्थाको रूपमा विवाहप्रति आफूलाई विश्वास नभएको तर आफ्नो यो सोच पति असर मलिकले बदलेको बताएकी छन् ।

उनले लेखेकी छन् – म ३५ वर्षको उमेरभन्दा पहिले विवाह गर्न चाहँदिनँ । जब मलाई केही वर्षअघिसम्म सम्बन्धको बारेमा प्रश्न गरिन्थ्यो, मेरो उत्तर यही हुन्थ्यो । म विवाहको विरुद्ध थिइनँ, तर यसबारे म निकै सतर्क थिएँ । एक संस्थाका रूपमा यसको पछाडि रहेको पितृसत्तात्मक जडलाई लिएर म प्रश्न गर्थेँ, ती सम्झौताहरू जसको आशा विवाहपछि महिलाहरूसँग राखिन्थ्यो । विश्वका कयौँ हिस्सामा यस सम्बन्धसँग जोडिएको कानुनमा पनि संस्कृति र महिलाविरोधी सोचको प्रभाव हुन्छ ।

मलाई जहिले पनि आफ्नो मानवता, स्वतन्त्रता र नारीत्व गुमाउने डर लाग्थ्यो । त्यही भएर मैले आफै यसको समाधान निकाले, विवाहलाई नजरअन्दाज गर्ने । म मसँग कुनै सन्देह वा प्रश्न नभएको भए आफूलाई महिलावादी भन्न सक्दिनँ थेँ । गर्ल्स नट ब्राइड्स संस्थाको रिपोर्टअनुसार हरेक वर्ष १।२ करोड किशोरीको विवाह १८ वर्षभन्दा कम उमेरमा हुन्छ । यसमध्ये धेरैका लागि विवाह खुसीको सम्झौता नभएर गुलामी हुन्छ ।

मेरो दिदीबहिनीको अँध्यारोले भरिएको वास्तविकता थाहा पाएपछि मलाई विवाहको सिद्धान्तमा यकिन गर्न निकै गाह्रो थियो । मैले भनेकी थिएँ, सायद विवाह मेरो लागि बनेकै होइन ।

म उत्तर पाकिस्तानमा हुर्किएकी हुँ, जहाँ विवाह स्वतन्त्र जीवनको विकल्प छ । यदि तपाईंले पढ्नु भएन, जागिर आनु भएन र आफूलाई काबिल बनाउनु भएन भने तपाईंले चाँडै विवाह गर्नुपर्छ । परीक्षामा फेल भयो रु जागिर पाइएन रु अब विवाह गर ।

मसँगै हुर्किएका कयौँ किशोरीहरूलाई आफ्नो करियरको बारेमा आफै फैसला लिने मौकासम्म दिइएन र विवाह गरियो । मेरी एक साथी १४ वर्षको उमेरमा नै आमा बनिन् । केहीले पढाइ छाड्नपर्‍यो । केहीले परिवारको आर्थिक अवस्थाको कारण त केहीले परिवारको आशामा खरो उत्रन नसकेर । उनीहरूको आमाबुबाले यो निर्णय लिए कि उसको पढाइ खर्च गर्नका लागि लायक छैन ।

ती युवतीका लागि विवाहको अर्थ उनको जीवनको असफलता हो । उनीहरू अझै स्कुल जाने उमेरमा थिए तर उनीहरूलाई थाहा छ कि आफ्ना सपना पुरा गर्न अब उनीहरूलाई कुनै मौका दिइनेछैन ।

मसँग अझै पनि ती सारा चुनौतीको जवाफ छैन जुन महिलाहरूले सामना गर्नुपर्छ । तर मलाई यकिन छ कि विवाहको सम्बन्धमा मलाई मित्रता, माया र समानता मिल्नेछ ।

त्यसैले सिरिन केलले गत जुलाई ब्रिटिस वोगको कभर स्टोरीका लागि लिएको अन्तरवार्तामा मेरो सम्बन्धको बारेमा प्रश्न सोधिएपछि मैले त्यही उत्तर दिएँ, जुन मैले धेरै पटक दिँदै आएकी थिएँ । मेरो दिदीबहिनीको अँध्यारोले भरिएको वास्तविकता थाहा पाएपछि मलाई विवाहको सिद्धान्तमा यकिन गर्न निकै गाह्रो थियो । मैले भनेकी थिएँ, सायद विवाह मेरो लागि बनेकै होइन । तर यदि यसको अन्य कुनै तरिका भए रु शिक्षा, जागरूकता र सशक्तीकरणबाट हामी कयौँ समाजको नियम र प्रथाको साथसाथै विवाहको सिद्धान्तलाई पनि पुनः परिभाषित गर्न सक्छौँ र सम्बन्धको नयाँ संरचना तयार गर्न सक्छौँ । संस्कृति मानिसले बनाएका हुन् र यसलाई बदल्न पनि सकिन्छ ।

मेरो मित्र, मेरो सल्लाहकार र मेरो पार्टनर असरसँग मेरो कुराकानीले मलाई यो बुझ्न मद्दत गर्‍यो कि कसरी म विवाहको सम्बन्धमा भएर पनि आफ्नो मूल्य, समानता, निष्पक्षता र अखण्डताप्रति वफादार बनिरहन सक्छु ।

सन् २०१८ को गर्मी महिनामा असर आफ्नो एक साथीलाई भेट्न अक्सफोर्ड आएका थिए । उनी क्रिकेटको क्षेत्रमा काम गर्छन्, त्यसैले उनीसँग चर्चा गर्ने धेरै कुरा थियो । उनलाई मेरो हँसीमजाक गर्ने बानी मनपर्‍यो र हामी निकै राम्रो साथी बन्यौँ । हामीले पायौँ कि हाम्रो मूल्यमान्यता एक छ र हामी दुवै एकअर्काको साथ मनपर्छ । खुसी र दुःखको पलमा हामी एकअर्काको साथ मजबुतरुपमा खडा रह्यौँ । एकअर्कासँग कुरा गर्‍यौँ र एक अर्कालाई सुन्यौँ । जब शब्दले काम गरेन भने म उनलाई एउटा लिंक पठाउँथे जहाँ राशिको आधारमा हामी एक अर्काका लागि कति अनुकूल छ भनेर बताइएको हुन्थ्यो, यस आशामा कि के थाहा तारा र राशिले हाम्रो कनेक्सनलाई थप मजबुत बनाइदिन्छ ।

असरमा मैले निकै राम्रो साथी पाएँ

असरमा मैले निकै राम्रो साथी पाएको छु । मसँग अझै पनि ती सारा चुनौतीको जवाफ छैन जुन महिलाहरूले सामना गर्नुपर्छ । तर मलाई यकिन छ कि विवाहको सम्बन्धमा मलाई मित्रता, माया र समानता मिल्नेछ । त्यसैले मंगलबार नोभेम्बर ९ का दिन हामीले आफ्नो परिवार र नजिकका साथीहरूको बीचमा बर्मिंहममा विवाह गर्‍यौँ । यो सुखद सर्प्राइजलाई सबैसँग साझा गर्न हामी निकै रोमाञ्चित थियौँ । र, आगामी यात्राका लागि उत्साहित पनि ।

बीबीसी हिन्दी

333 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal