काठमाडौँबाट १ थान एयर गनसहित एक जना पक्राउ

२०७८ कार्तिक २८ गते, आईतवार

काठमाडौँ । प्रहरीले काठमाडौँबाट १ थान एयर गनसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई १ थान एयर गनसहित प्रहरीले पक्राउ गरेको हो ।

नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal