अनेरास्ववियु कपिलवस्तुका दुई पालिकामा एकै दिन पालिका भेला

२०७८ कार्तिक २८ गते, आईतवार

कपिलवस्तु । नेकपा एमाले निकट अनेरास्ववियु कपिलवस्तु बाण्गंगा नगर को नगर भेला तथा सम्मेलन मंसिर ४ गते हुने भएको छ ।

अनेरास्ववियु कपिलवस्तुको अभियान अन्तर्गत अनेरास्ववियु बाणगंगाको नगर भेला मंसिर ४ गते नेपाल किसान ट्रेक्टर समितिको हल बाणगंगा पुल चोकमा गर्न लागिएको अनेरास्ववियुका केन्द्रिय परिषद सदस्य अन्जित खनालले जानकारी दिनुभयो । यस्तै मङ्सिर ४ गते नै अनेरास्ववियु महाराजगंज नगर कमिटीको भेला तथा अधिवेशन आयोजना हुने भएको हो ।

एकै दिन कपिलब्स्तुका दुई पालिका मा भेला सम्पन्न गराउने अनेरास्ववियु नेता खनालले बुद्धबाटिका अनलाइनलाई जानकारी दिनुभयो । नेता खनालले भन्नुभयो “हामी कपिलवस्तुका सबै पालिकामा छिटै पालिका भेला र सम्मेलन सम्पन्न गरि पालिका कमिटी गठन गर्छौ ।”

पालिका कमिटी गठन पछि जिल्ला भेला आयोजना गरिने उहाको भनाइ रहेको छ ।

177 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal