देउवाको घरमा कांग्रेस बैठक राखेकोमा नेता सिंहको असन्तुष्टि

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा नभई सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेकोमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले असन्तुष्टि जनाएका छन्।

आइतबार देउवा निवास बूढानिलकण्ठमा कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । काठमाडौँ महानगरका नवनिर्वाचित पार्टी समितिलाई बधाई ज्ञापन गर्न आज आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘पार्टी केन्द्रीय समितिको बैठक सभापतिको घरमा राखिएको छ । केन्द्रीय कार्यालयमा राख्नुपर्‍यो नि,’ ‘पार्टी कार्यालय भवन के कामरु बूढानिलकण्ठ नदेखेको हो र रु उहाँ ९देउवा० को घर बन्नुअगाडि देखि नै बुढानिलकण्ठ भगवानलाई प्रार्थना गर्न जान्थ्यौं ।’

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal