मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

२०७८ कार्तिक २९ गते, सोमबार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

विश्वासको मत लिनका लागि दुई दिनअघि प्रदेशसभामा सचिवालयमा सूचना दर्ता गर्नुपर्ने प्रवधान आइतबार सूचना दर्ता गराइएको हो ।

मंगलबार दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सोही बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिनेछन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

हाल ९२ सदस्यीय प्रदेशसभाको विश्वास रहेको प्रमाणित गर्न मुख्यमन्त्रीले ४७ मत पाउनुपर्छ । सत्तारुढ गठबन्धन नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।

104 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal