काठमाडौ–बैङकक हवाई उडान पुनः सुचारु हुने

२०७८ मंसिर २ गते, बिहीबार

विमल विष्ट, काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफ बिच आज बिहिबार मन्त्रालयमा भएको सिष्टाचार भेटघाटका क्रममा राजदुत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनु भएको हो । राजदुतसँगको भेटवार्तापछि अब केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान हुँने भएको छ ।

File Photo: Bimal Bista

भेटघाटका क्रममा मन्त्री आलेले राजदुत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाईल्याण्ड सरकारले गरेको सहयोग प्रति धन्यबाद व्यक्त गर्नु हुँदै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गर्नु भयो । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाईल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुँलियत पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो । भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल थाईल्याण्डको पुरानो एैतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप मज्बुद बनाइराख्न दुबै देशका थर्फबाट अधिकतम प्रयास गरिनु पर्ने कुरामा जोड दिनुभयो ।

भेटका क्रममा राजदुत भोरासफले लुम्बिनीको बृद्धि विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउनु भयो । यसैगरी राजदुत भोरासफले नेपाल सरकारले गरेको सहयोग प्रति धन्यबाद प्रकट गर्नुभयो । उक्त भेटवार्तामा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा परराष्ट्रमन्त्रालयका प्रतिनिधीहरु पनि सहभागि रहेका थिए ।

139 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal