चिङ्गाडमा काङ्ग्रेस अधिवेशन: सभापतिमा डोर प्रसाद शर्मा निर्वाचित

२०७८ मंसिर २ गते, बिहीबार

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा मङ्सिर १ गते सम्पन्न पालिका अधिवेशन बाट नेपाली काङ्ग्रेसको सभापतिमा डोर प्रसाद शर्मा निर्वाचित भएका छन । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन अन्तर्गत चिङ्गाड गाउँपालिकाको प्रथम ऎतिहासिक पालिका अधिवेशन बाट सभापति पदमा शर्मा निर्वाचित भएका हुन । नेपाली काङ्ग्रेसको पालिका सभापतिमा डोर प्रसाद शर्मा र करसिंह रानाले उम्मेदवारी दिएका थिए ।

No description available.


चिङ्गाडका लोकप्रिय नेता डोर प्रसाद शर्माले ६५ मत प्राप्त गरि निर्वाचित भएका थिए भने उहाँका निकटतम प्रतिद्वन्दी करसिंह रानाले ३४ मत प्राप्त गरेका थिए।यसैगरी उप सभापतिमा दल बहादुर खान,शुक्र बहादुर वलि,भिम बहादुर विक,चन्द्र बहादुर थापा लगायत चार जनाले उम्मेदवारी दिएका थिए ।


उपसभापतिमा सबैभन्दा बढी मत प्राप्त गर्नेमा दल बहादुर खान र शुक्र बहादुर वलि रहेका थिए। दुबै जनाले ५९/५९ मत प्राप्त गरि निर्वाचित भएका थिए।निकटतम प्रतिद्वन्दी भिम बहादुर विकले ४५ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार चन्द्र बहादुर थापाले ३३ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिव पदमा तिनजनाले उम्मेदवारि दिएका थिए ।

No description available.


उक्त पदमा तिल बहादुर रानाले ६९ मत र तिल बहादुर खड्काले ६४ मत प्राप्त गरि निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्दी भक्त बहादुर रानाले ३७ मत प्राप्त गरेका थिए । सह-सचिवमा करण रोकाय र खुसिराम राना निर्विरोध चयन भएका थिए।यसपटक नेपाली काङ्ग्रेस चिङ्गाले पुस्ता हस्तान्तरण गरेको छ ।


वडा तहदेखि पालिका सम्मा पार्टी भित्र युवाहरुले नेतृत्व लिएका छन।चिङ्गाडका समाजसेवी तथा लोकप्रिय युवा नेता डोर प्रसाद शर्मा पार्टीको सभापति भएसंगै आगामी दिनहरुमा काङ्ग्रेस भित्र युवाहरुले स्थान पाउने निश्चित देखिन्छ । राजनीति मात्रै नभएर हरेक ठाँउमा युवाहरुले स्थान पाउनु पर्छ भन्ने मान्यता राख्ने शर्मा युवाहरुकै समर्थनका कारण पालिका सभापतिमा निर्वाचित भएका हुन ।

नेपाली काङ्ग्रेस चिङ्गाडले आगामी निर्वाचनलाई टार्गेट गरि नेतृत्व चयन गरेको छ । यसमा कति सफल र कति असफल हुन्छ त्यो समिक्षाको बिषय बन्ला तर डोर प्रसाद शर्माको नेतृत्वमा पार्टी संगठन निर्माणमा भने पक्कैपनि सकारात्मक परिणाम ल्याउने छ । आगामी निर्वाचन नजिकिदै गर्दा नेपाली काङ्ग्रेस चिङ्गाडलाई थुप्रै चुनौतीहरुको सामाना त गर्नै पर्ने छ तर आशा के छ भने चिङ्गाडको काङ्ग्रेसले डोर प्रसाद शर्मा जस्तो युवा नेता पाएको छ ।

चिङ्गाडको राजनीतिमा काहि न काहि यहाको कुटनैतिक राजनीतिमा प्रभाव भने रहनेछ । अधिवेशन पछी सभापति शर्माले चिङ्गाडमा नेपाली काङ्ग्रेसको पार्टी संगठन बलियो बनाउने मात्रै हैन आगामी निर्वाचन बहुमतका साथ जितेर चिङ्गाडि जनताले आपेक्षा गरे अनुसारका विकास निर्माणका कार्यहरु सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

342 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal