सर्‍यो राप्रपाको महाधिवेशन प्रतिनिधि निर्वाचन

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चयनको मिति सरेको छ ।

मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६, ७ र ८ गतेलाई तोकेको छ ।

मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

329 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal