काठ तस्करीको आरोप पुष्टि गर्न वडाध्यक्ष बस्नेतको चुनौति

२०७८ मंसिर ४ गते, शनिबार

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेज बहादुर बस्नेत (तिलक) ले आफुलाई बदनाम गर्न केही शक्ति लागेको बताएका छन् । आफुहलाई जिल्लामा सरोकारवालाहरु भन्नेले विभिन्न झुटा आरोपहरु लगाई हुदैं नभएका कुराहरुलाई बङगाएर आफुलाई बदनाम गर्न खोजिएको बताए ।

बुद्धभूमि नगरपालिकामा स्थानीय युवाहरुसंग मिलेर काठ तस्करी गरेको भन्दै केही संचार माध्यममा कपोकल्पित समाचार आएकोमा ध्याकर्षण भएको उनले बताए । साथै उनले आरोपलाई प्रमाणित गरे आफुले आजैबाट राजनितिबाट सन्यास लिने बताए ।

उनले यस्ता शक्तिहरुको आरोपको पछि नलाग्न आग्रह गर्दै बुद्धभूमिमा कांग्रेसको लोकप्रीयता देखेर केही शक्ति सल्वलाएको दाबी गरे । उनले यस्ता भ्रमपूर्ण समाचार फैलाएकोमा चिन्ता व्यक्त गर्दै आवश्यक परे कानुनी उपचारमा जाने बताए । केही दिन अघि बस्नेतले १४/१५ जनाको समूहसंग मिलेर चङघाट क्षेत्रको बन क्षेत्रबाट काठ तस्करी भएको भन्ने केही संचार माध्यममा समाचार आएका थिए ।

यस विषयमा जिल्लाका डिभिजन कार्यालय र प्रशासनमा बुझ्दा प्रमाणित नभएका र यस विषयमा अनुसन्धान चलिरहेको बताईएको छ । यसरी अप्रमाणित विषयलाई आधार बनाएर समाचार आउनु दुखत भएको भन्दै प्रशासनले यस कार्यमा कसैको राजनितिक दाउपेच हुन सक्ने जनाएको छ ।

332 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal