मृगौला पीडितलाई ३ लाख बढी रकम सहयोग

२०७८ पुष ३ गते, शनिबार

कपिलवस्तु । अर्घाखाँची सितगंगा कि करिब २० बर्षिय हेमन्ता आचार्यलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कपिलवस्तुको शिवराज नगरमा बस्दै आएकि आचार्यलाई एक कार्यक्रम आयोजना गरि सहयोग रकम प्रदान गरिएको सहयोग मुल समितिका अध्यक्ष लेखनाथ घर्तिले जानकारी दिनु भयो ।

May be an image of 6 people, people standing and outdoors

युनिक स्वयंसेवक नेपाल धरानले सकंलन गरेको ३ लाख १५ हजार ४ सय ५० रुपैया पीडित आचार्यलाई हस्तान्तरण गरेको अध्यक्ष घर्तिले जानकारी दिनु भयो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाकि उपप्रमुख शिव कुमारी थारुले सहयोग नै सबैभन्दा ठुलो धर्म भएको बताउनु भयो । नगरपालिकाको तर्फबाट पनि सहयोग गर्ने उपप्रमुख थारुले बताउनु भयो ।

May be an image of 6 people, people sitting and outdoors

सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिस्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडा, व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, पिआरसीकी सुशिला खनाल, युनिक स्वयंसेवक नेपालका एजिला बस्नेत, सन्चारकर्मी लगायतको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।

394 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal