थप पछिल्लो २४ घण्टामा २ सय २० जनामा कोरोना पुष्टि

२०७८ पुष ५ गते, सोमबार

काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ४१ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा एक जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८६ हजार पाँच सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९६ लाख ४६ हजार सात सय २० पुगेको छ । एक करोड २० लाख ९३ हजार नौ सय ८२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले ५७ जिल्लामा १२ वर्षमाथिका र देशभर १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेकोले पायक परेको ठाउँमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

343 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal