बुटवल सडक अलपत्र परेको अवस्थामा ठेकेदारलाई थप पौने २ करोड पेश्की

२०७८ पुष ५ गते, सोमबार

बुटवल । समयमै निर्माण कार्य नसकेर बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक अलपत्र पारेका ठेकेदार कम्पनीला थप पौने २ करोड पेश्की दिइएको छ । पेश्की रकम लगेर पनि समयमा काम नगरेको भन्दै आलोचना हुँदै आएको समयमा सडक डिभिजन कार्यालय बुटवलले थप १ करोड ८८ लाख बराबरको पेश्की रकम उपलब्ध गराएको हो ।

बिल भौचर सहित कामको भुक्तानी पाउ भन्दै आफ्ना प्रतिनिधी मार्फत निबेदन दिएका निर्माण ब्यवसायीलाई भुक्तानी दिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।
यसअघि मोभिलाईजेसन पेश्की र उनले पेश गरेको बिलका आधारमा कार्यालयले करीव ९ करोड भुक्तानी दिई सकेको छ । काम नगरेर सडक लथालिङ अवस्था बनाएर छोडेका द कञ्चनजंगा बिरुवा जेभीका प्रतिनिधी प्रविण मिश्रले सोमवार १ करोड ८८ लाख भुक्तानी लिएका हुन् ।

231 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal