एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदैं आज, सम्पूर्ण तयारी पुरा

२०७८ पुष ६ गते, मंगलवार

कपिलवस्तु । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तुमा आउनु हुने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र ३ बहादुरगंजमा आज आउने कार्यक्रमको लागी सम्पूर्ण तयारी पुरा भईसकेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

अध्यक्ष ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल पनि कपिलवस्तु आउने कार्यक्रम तय भएको नेकपा एमाले कपिलवस्तुले जानकारी दिएको छ । ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कपिलवस्तुका लोकप्रिय नेता मंगल प्रसाद गुप्तासहित ५ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारी रहेको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले दाबी गर्नुभएको छ ।

कार्यक्रममा पार्टीका करिब २५ जना केन्द्रिय सहभागिता रहने अध्यक्ष पोख्रेलले बताउनुभयो । कार्यक्रममा करिब २५ हजार बढीको सहभागिता रहने एमाले कपिलवस्तुले जनाएको छ ।

173 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal