थ्री स्टारसँग बराबरी खेलेसँगै आर्मीकाे एएफसी कप खेल्ने सम्भावना सकियाे

२०७८ पुष ११ गते, आईतवार

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मीले गोलरहित बराबरी खेलेका छन् ।

एएफसी कप खेल्नका लागि आज आइतवारको खेल जित्नैपर्ने दबाबमा रहेको आर्मी आजको बराबरीसँगै एएफसी कप खेल्न नपाउने भएको छ । बराबरीसँगै आर्मी १० अङ्कसहित चौथो स्थानमा रहेको छ । थ्री स्टार भने सात अङ्कसहित सातौ स्थानमा छ ।

यसैबीच आजको पहिलो खेलमा सङ्कटाले ब्रिगेड ब्वाइजलाई तीन–शून्य गोलले हराएको छ । सङ्कटाका लागि उत्तम राईले दुई र लक्ष्मण रुचालले एक गोल गरे । आजको जितसँगै सङ्कटा १२ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । पराजित भएको ब्रिगेड ब्वाइज पाँच अङ्कसहित ११ औँ स्थानमा छ । 

317 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal