माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा हराउँदै नेपालले अघिल्लो चरणमा

२०७८ पुष ११ गते, आईतवार

काठमाण्डाै । एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा हराउँदै नेपालले अघिल्लो चरणमा पुग्ने आशा जीवितै राखेको हो ।

नेपालले बङ्गलादेशलाई २७–२५, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष ४ मा रहँदै फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । 

प्रतियाेगितामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई तीन–एकको सेटमा हराएकाे थियाे । यस्तै नेपाल बङ्गलादेशसँग तीन–शून्यको सोझो सेटमा र श्रीलङ्कासँग तीन–एकको सेटमा पराजित भएको थियो । 

201 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal